
सुर्खेत ,नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य कर्ण बहादुर खड्काविरुद्ध योजनाको नाममा चार लाख रुपैयाँ लिएर छ वर्षसम्म झुलाएको आरोप लागेको छ।व्यवाहारिक रुपमा हेर्दा खाइलाग्दा अनुहार भद्र भलादमी जस्तो ज्यान भएका नेकपा एमालेका कर्णाली प्रदेश कमिटी सदस्य कर्ण बहादुर खड्काले योजना मिलाइदिन्छु भन्दै लाखौँ रुपैँयाको कमिसन असुलेका छन् ।
दैलेख गुराँस गाउँपालिका–८ मकुट्काका स्थायी बासिन्दा खड्काले हुम्लाको अदानचुली गाउँपालिका–४ का तत्कालीन जनप्रतिनिधि मान बहादुर टमटासँग २०७५ साउन १२ गते चार लाख रुपैयाँ नगद लिएका थिए।
पीडित टमटाका अनुसार, योजना पास गरिदिने आश्वासन दिँदै खडकाले रकम असुलेका थिए। “पार्टीकै नेता, त्यो पनि प्रदेश कमिटी सदस्य भएकाले विश्वास गरेर पैसा दिएँ,” टमटाले भने, “तर योजना त परै जाओस्, छ वर्षसम्म झुलाए अनि अन्ततः सम्पर्कसमेत टुटाए।”
कमिसन लिएर सम्पर्कविहीन, चेक बाउन्स
२०७५ मा पैसा लिएको खडकाले वर्षौंसम्म काम नदिएपछि २०७९ भदौ १ गते दुबै पक्षबीच लिखित कागज तयार गरिएको थियो। कागजअनुसार खडकाले भदौ २५ गतेभित्र पैसा फिर्ता गर्ने सहमति जनाएका थिए।
तर समयमै पैसा फिर्ता नगरेपछि, २०८० साल भदौ २५ मा खडकाले दुईवटा चेक ९२–२ लाख रुपैयाँका० दिएका थिए। तर, दुबै चेक बाउन्स भएका छन्।
हाल टमटाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बैंकिङ कसुर अन्तर्गत उजुरी दर्ता गराएका छन्। प्रहरी स्रोतका अनुसार जाहेरीका आधारमा अनुसन्धान अगाडि बढाइएको छ।
भद्र अनुहार, तर ठग प्रवृत्ति
व्यवहारले भद्र लाग्ने मान्छे, तर नियतले विचौलिया रहेछन्। मैले चार लाख नगद दिएको छु। त्यसबाहेक, सुर्खेतका महँगो होटेलहरूमा बसेर पनि खर्च गराएँ।उहाँले बारम्बार फोन गरेर ढुक्क हुनुस्, योजना पक्का हुन्छ भनेर झुलाउनु भयो। पछि त फोन उठाउनै छाड्नु भयो, कहिले मिटिङमा छु भनेर पन्छिनुहुन्थ्यो, कहिले नम्बरै फेर्नुहुन्थ्यो पीडित टमटा बताउँछन् ।
टमटासँग गरिएको संवाद
१.कर्ण बहादुर खड्कासँग चिनजान कसरी भयो ?
म २०७४ मा अदानचुली गाउँपालिकाको वडासदस्य थिएँ। एउटै पार्टी ९एमाले० भएकाले चिनजान भयो। उहाँ कर्णाली प्रदेश कमिटी सदस्य हुनुहुन्थ्यो।
२. पैसा किन दिनुभयो ?
काम हुन्छ, योजना पास गराइदिन्छु भनेर बारम्बार फोन आउँथ्यो। उहाँको व्यवहारले विश्वास लाग्यो, त्यसैले चार लाख नगद दिएँ।
३.अहिले अवस्था के छ ?
२०७९ मा कागज गरियो, २०८० मा चेक दिए, तर दुवै चेक बाउन्स भयो। अहिले म प्रहरीमा मुद्दा हालेको छु। साहुसँग लिएको ऋण तिर्नै नसकेर मानसिक तनावमा छु।
४.तपाईंलाई पनि विचौलिया भनिएला नि ?
म विचौलिया होइन। मैले आफ्नै पैसा दिएको छु। ऋण लिएर दिएको पैसा फिर्ता नहुँदा अहिले साहुले बारम्बार दबाब दिइरहेका छन्। बाँच्ने कि मर्ने भन्ने स्थितिमा छु।
५.अन्त्यमा के भन्न चाहनुहुन्छ ?
छ वर्षसम्म झुलाएर अन्ततः धम्की दिन थालेपछि म मिडियामा आउन बाध्य भएँ। न्याय पाउने आशामा ‘नयाँ नेपाल’ समक्ष उजुरी गरेको हुँ।
उक्त आरोपितले टमटालाई दिएको दुई -दुई लाखको चेक












