सन नेपाल लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश

लिमिटेडले आज नवौं वर्षमा प्रवेश गरेको छ


सुर्खेत ,सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौं वार्षिकोत्सव सम्पन्न गरेको छ । २०७४ साल आजकै दिन अर्थात असोज ६ गतेबाट औपचारिक कारोबार सुरु गरेको सन नेपाल लाइफ इन्स्योरेन्सले आज आठौं वार्षिकोत्सव सम्पन्न गरेको हो ।

आठौं बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढि लाभ र लगानीकर्तालाई थप प्रतिफल दिने प्रतिबद्धता जनाएको छ । गौरवपूर्ण आठ वर्ष पुरा गरेको अवसरमा कम्पनीले अत्याधुनिक र विश्वसनीय जीवन बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले कम्पनी वित्तीय रुपमा बलियो बन्दै गएको बताएका छन् । उनले भने, ‘सन नेपाल लाइफ इन्स्योरेन्सले करिव एक दशकदेखि देशका दुर–दराजमा जीवन बीमा सेवा उपलब्ध गराउनुको साथै आम नागरिकलाई आवश्यक रहने उत्कृष्ट बीमालेख र राइडर सेवा समेत सञ्चालनमा ल्याएको छ ।’ सन नेपाल लाइफ इन्स्योरेन्सले ल्याएको ‘सन मेडियर’ जीवन बीमा क्षेत्रकै उत्कृष्ट राइडर सुविधा रहेको उनले बताए ।

सातै प्रदेशमा कम्पनीले मुलुक भरी जम्मा १४६ कार्यालयहरु, ३६२ कर्मचारीहरु तथा ४०,९७६ अभिकर्तामार्फत जीवन बीमा सेवा प्रवाह गर्दै आएको छ । हाल यस कम्पनीको चुक्ता पूँजी रकम पाँच अर्ब तीन करोड ११ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा दुई अर्ब २३ करोड रुपैयाँ तथा जीवन बीमाकोषमा १० अर्ब १० करोड रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको नेट वर्थ रकम १५४।३५ रुपैयाँ रहेको छ र सो आधारमा कम्पनीको जोखिम धारण गर्ने क्षमता वृद्धि हुँदै गएको कम्पनीले जनाएको छ ।

 

हाल सने नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा राज कुमार अर्याल रहेका छन् । उनले कुशलतापूर्वक कम्पनीलाई प्रगतिपथमा अघि बढाउन सफल भएका छन् । अनुज कयाल अध्यक्ष रहेको सन नेपाल लाइफ इन्स्योरेन्समा किरण केसी, नारायण रुङ्गटा, शसांक अग्रवाल, अनिल कुमार खनाल र स्नेहा शर्मा सञ्चालक रहेका छन् ।

साथै, कम्पनीको सिनियर डेपुटी सिईओमा कबि फुयाल, चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई, चिफ रिस्क अफिसरमा रोशन प्रसाद ज्ञावाली, चिफ अप्रेटिङ अफिसरमा बिनोद शर्मा पौडेल लगायतको उत्कृष्ट अनुभवि कर्मचारीहरुको नेतृत्वमा सन नेपाल लाइफले सफलताको शिर चुम्न सफल भएको छ । देशैभरि हजारौं बीमा अभिकर्ता, एजेन्सी रहेका कम्पनीले दुर दराजमा पुगेर जीवन बीमा तथा लघु जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

आठौं वार्षिकोत्सवको अवसरमा कम्पनीले कम्पनीलाई आजको स्थितिमा पुर्‍याउनका लागि मार्गदर्शन गर्ने नियामक निकायहरु, सेवाग्राहीहरु, अभिकर्ताहरु लगायत सम्पूर्ण सरोकारवाला पक्षहरु प्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनहरुमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त जनााएको छ ।

 

नेपालको जीवन बीमा व्यवसायमा कम्पनीले छोटो अवधिमै अग्रणी बीमा कम्पनीको रुपमा स्थापित हुन सफल भएको छ । देश भरिका शाखाहरुले विभिन्न कार्यक्रम गरि आठौं वार्षिक उत्सव सम्पन्न गरेका छन् ।
त्यसैगरि कर्णाली प्रदेशभर भएका शाखाहरु साथै प्रदेश कार्यालयले पनि अभिकर्ता विमित सामाजिक अगुवा र शुभचिन्तकहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा कर्णाली प्रदेश प्रमुख गोविन्द ढकाल लगायतका कर्मचारीहरुले शुभकामना आदान प्रदान गरेका थिए ।
स्थापनाको छोटो अवधिमा कम्पनीले प्राप्त गरेको व्यवसायिक उपलब्धिमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबै प्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनमा अझ प्रभावकारी किसिमले जीवन बीमा सेवा प्रवाह गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : २०८२ असोज ६ गते सोमबार
प्रतिक्रिया