कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही विजयी



काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (पिछडिएको क्षेत्र) मा जीवनबहादुर शाही निर्वाचित भएका छन्।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका शाहीले ४ हजार ३७ मत प्राप्त गर्दै विजयी भएका हुन्।

निर्वाचनमा जनकराज गिरीले १ हजार ४०२, नारायणप्रसाद भट्टराईले ७२६, राजन कुँवरले ३३१ र रामबहादुर विष्टले २८० मत प्राप्त गरे।

कुल ६ हजार ८८२ मत गणना हुँदा १०५ मत बदर भएको थियो।

प्रकाशित मिति : २०८३ असोज २७ गते मंगलबार
प्रतिक्रिया