एशियन लाइफको सीईओ बन्दै पवन खड्का



काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी छोडेर पवनकुमार खड्का एशियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने चर्चा चलेकाे छ।

खड्का यसअघि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट बाहिरिएपछि आइएमई लाइफ इन्स्योरेन्सको सीईओ नियुक्त भएका थिए।

उनीसँग बैंकिङ तथा बीमा क्षेत्रमा लामो अनुभव रहेको छ।

एशियन लाइफ इन्स्योरेन्सका सीईओ दिनेशलाल श्रेष्ठले राजीनामा दिएपछि कम्पनीमा नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढेको हो। एशियन लाइफ इन्स्योरेन्सकाे नयाँ नेतृत्वमा खड्कालाई नै प्रमुख रुपमा हेरिएकाे छ। स्राेतका अनुसार एशियन लाइफकाे सीईओमा पवनकुमार खड्कालाई ल्याउनका लागि आन्तरिक तयारी भइरहेकाे छ।

यस्तै, कम्पनी सञ्चालक समितिले श्रेष्ठको राजीनामा स्वीकृत गरिसकेको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १० गते सोमबार
प्रतिक्रिया