हिमालयन लाइफ इन्स्योरेन्सको सिनियर डीसीईओमा कवि फुयाँल



काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मा कवि फुयाँल नियुक्त भएका छन्।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका फुयाँल हिमालयन लाइफको उच्च व्यवस्थापकीय नेतृत्वमा पुगेका हुन्।

बीमा क्षेत्रमा लामो अनुभव हासिल गरेका फुयाँल व्यवसाय विस्तार, बजार रणनीति, कर्मचारी तथा अभिकर्ताको क्षमता विकास र संस्थागत व्यवस्थापनमा सक्रिय व्यवस्थापकका रूपमा परिचित छन्।

विभिन्न जीवन बीमा कम्पनीमा नेतृत्वदायी भूमिका निर्वाह गरेका उनले बीमा बजारको प्रतिस्पर्धात्मक क्षमता बढाउन तथा नयाँ व्यावसायिक रणनीति कार्यान्वयनमा जोड दिँदै आएका छन्।

सन नेपाल लाइफबाट राजीनामा दिएपछि हिमालयन लाइफको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका फुयाँलको आगामी भूमिका बीमा क्षेत्रमा चासोको विषय बनेको छ।

उनको अनुभव र व्यवस्थापकीय क्षमताले हिमालयन लाइफको व्यवसाय विस्तार तथा बजार रणनीतिमा कस्तो प्रभाव पार्छ भन्ने विषय आगामी दिनमा महत्वपूर्ण रहनेछ।

प्रकाशित मिति : २०८३ असोज २६ गते सोमबार
प्रतिक्रिया