कार्यक्रममा बोलाइन्छ अनि रुवाइन्छ शान्ति ढकाल

हरेक पटक कार्यक्रममा बोलाइन्छ अनि रुवाइन्छ अरू प्रगति छैन !


हरेक पटक कार्यक्रममा बोलाइन्छ अनि रुवाइन्छ । तर न्यायको आशा भने मरेसरह छ । यही पीडामा बाँचिरहेकी छन् वीरेन्द्रनगर–८ की शान्ति ढकाल । बुवा इन्द्रलाल ढकाल र आमा चन्द्रकुमारी ढकालको कोखबाट २०२८ साल फागुन ६ गते जन्मिएकी शान्ति द्वन्द्वपीडित परिवारकी सदस्य हुन् । उनका श्रीमान गणेश प्रसाद शर्मा राज्यपक्षबाट बेपत्ता पारिएका हुन् । उनको श्रीमान् बितेको झण्डै २७  वर्ष बित्यो । तर अहिले सम्म न्याय पाउन सकेकी छैनन् । उनलाई उल्टै पीडा बल्झाउने काम मात्रै भइरहेको छ ।
२०५५ साल बैसाख १८ गते राज्यपक्षको गोलीले उनका श्रीमान बेपत्ता भए । उहाँ दैलेख तत्कालीन जि बि स को मासिक बैठकमा आउँदा एलडिओलाई  बिरामी छु घर पठाइदिनु सर भनेर रामघाटबाट फोन गरेको थिएँ ।  तर गाउँको कामको सिलसिलामा उहाँ बैठकमा जानुभयो । त्यसपछि उहाँ फर्कनुभएन,” शान्ति भन्छिन् । गणेश प्रसाद न्यौपाने ,भनेर पत्रीकामा आयो , उहाँको गणेश प्रसाद शर्मा थियो त्यसैले हामी झुक्एिका थियौं । तर कुन गणेश भनेर एक्किन गर्न सकिएन । बेपत्ता भएको १८ गतेखि सोधिखोजी गरें २९ गते बिहान मात्र हामीलाई मृत्यु भएको खबर आयो ।
जेठी छोरी   छोरा २ वर्षको मात्र थिए । श्रीमानको मृत्यु पछि परिवारमा ठूलो संकट आयो । सुरुका ६ महिना नोकरीबिहीन भइन् । पछि प्राविमा शिक्षकको जागिर पाएर परिवार पाल्न थालिन् । आर्थिक कठिनाइ र सामाजिक अप्ठ्यारो लामो समय रह्यो । अहिले छोरीहरू क्रमशः ३२ र ३० वर्षकी भइसकेका छन् भने छोरा २८ वर्षको छ ।

राज्यबाट अपेक्षित राहत कहिल्यै आएन । छोरा १८ वर्ष पुगेपछि मात्र पाँच हजारको सानो सहयोग पाएँ । “अहिलेसम्म कार्यक्रममा बोलाइन्छ अनि रुवाइन्छ, अरू प्रगति छैन,” उनी भन्छिन् ।
जीवनयापनका क्रममा उनी राजनीतिक रूपमा पनि सक्रिय भइन्। प्रावि प्रमुख रहँदै २०७९ को स्थानीय तहको चुनावमा माओवादी र नेपाली काँग्रेसको गठबन्धनबाट उपप्रमुखमा उम्मेदवारी दिइन्, तर पराजित भइन् । अबको चुनावमा योग्य उम्मेदवार हेरेर मात्रै भोट दिने योजना छ ।
श्रीमानको मृत्युले निरन्तर तनाव, अनिद्रा र उच्च रक्तचाप ल्यायो। “महिलाको अवस्था श्रीमान नहुँदा सबैभन्दा गाह्रो हुन्छ,” उनी भन्छिन्। सुरुमा केही छिमेकीले सान्त्वना दिए पनि धेरैले डरले दूरी बनाए । “जुनसुकै सरकार आए पनि द्वन्द्वपीडितको पीडा अहिलेसम्म सुनेको छैन। हाम्रो पीडा अब क्यान्सर भइसकेको दुखेसो पोख्छिन्।

प्रकाशित मिति : २०८२ असोज ६ गते सोमबार
प्रतिक्रिया