कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

सुर्खेत – कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेको छ । बुधबार प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेका हुन् ।

प्रदेश प्रमुख परियारले प्रदेशसभामा पेस गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा कर्णालीको पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । यस्तै, कर्णालीको स्वास्थ्य सेवा सुधार, कृषि तथा पर्यटन पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको प्रदेश प्रमुख परियारले बताए ।

यस्तै, प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट स्रोत सुनिश्चित नभएका तथा सम्भाव्यता अध्ययन नभएका आयोजनाहरू अगाडि नबढाउने नीति लिन लागेको छ ।



तपाईको प्रतिक्रिया