काठमाडौं । सडक पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकताका राखेको सरकारले देशभर ३४ हजार २६७ किलोमिटर सडक निर्माण गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले आज संघीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमा सडक पूर्वाधार निर्माणमा उल्लेख्य सफलता हासिल भएको उल्लेख छ ।
गत फागुनसम्म देशभर १८ हजार दुई सय ४१ किलोमिटर सडक कालोपत्रे भएको छ ।
यस्तै, सात हजार ६९७ किलोमिटर ग्राभेल र आठ हजार ३२९ किलोमिटर सडक कच्ची रहेको तथ्यांक छ ।
कूल सडकमध्ये ५३ दशमलव दुई प्रतिशत कालोपत्रे, २२ दशमलव दुई प्रतिशत ग्राभेल र २४ दशमलव तीन प्रतिशत कच्ची छ ।
बिजनेस रैबार । २०८१ जेष्ठ १३ गते आइतवार