जाजरकोट आईएमई लाइफद्धारा बीमा दावी रकम भुक्तानी

जाजरकोट – आईएमई लाईफ जाजरकोटले बीमा दावी भुक्तानी गरेको छ । शनिवार इन्स्योरेन्सले मृत्यू दावी रकम हस्तान्तरण गरेको हो । जाजरकोट उप(शाखामा कार्यरत निवर्तवान शाखा प्रमुख सुनिल आचार्यको दावी बीमा रकम भुक्तानी गरिएको इन्स्योरेन्स उप-शाखा जाजरकोटका शाखा प्रमुख केशब बहादुर सिंहले बताए ।

इन्स्योरेन्स कम्पनीले जाजरकोट शाखामा आचार्यकी श्रीमती रेखा पोख्रेललाइ दाबी बिमा भुक्तानी गरेको छ । कम्पनीका प्रशिक्षण विभागिय प्रमुख सुनिल कुमार आचार्य र कम्पनीका कर्णाली र लुम्वीनी प्रदेश प्रमुख प्रेम प्रसाद तिमेल्सीनाले बिमा बापतको चेक हस्तान्तरण गरेका छन् ।

कार्यालयले १० लाखरुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । आचार्य गत चैत ३० गते घरबाट कार्यालय तर्फ जादै गर्दा भिरबाट लडेर मृत्यु भएको थियो ।



तपाईको प्रतिक्रिया